तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ रातामाटे सुन्दर नमुना बस्तीका १२ वर्षिय कुसुम तमूस्यो आँपको रुख बाट खसेर गम्भीर घाइते भएकी छिन् ।
यहीँ मिति २०७९ साल जेष्ठ १५ गते आइतबार स्कुलबाट छुट्टि भएर घर आएपछि आँपको बोटमा चढ्ने क्रममा कुसुम तमूस्यो ३० फिट माथि बाट तल खस्दा घाइते भएकी हुन् । उनको दुबै हात भाच्चिनुका साथै एउटा मृगौलामा रगत समेत जमेको कुसुमकी फुपु अन्जु तमूस्योले बताउनुभयो।
बुबा बिपिन तमू र आमा दिक्ष तमूस्योको दुई सन्तान मध्य ठुली छोरी कुसुम तमूस्यो हुन भने छोरा ९ बर्षका आयुश गुरुङ छन् । सामान्य परिवारमा सुखदुःख गर्दै दैनिक मजदुर गरेर गुजारा चलाउदै आएका बुबा बिपिन र आमा दिक्षा माथी अहिले ठुलो बज्रापात परेको छ।
देवघाट ५ क्यूदी स्थित कालिका मावी कक्षा ५ अध्यनरत कुसुम जेहेन्दार अनुशासित विद्यार्थी समेत रहेको बताईको छ।स्कुल बाट घर आईपुगे लगत्तै झोला संगै पढ्ने बुक कोठामा राखी आँपको रुखमा चढेको कुसुम तमूस्यो अचानक रुख बाट भुइमा खस्दा सो घटना भएको बुबा बिपिन तमू बताउँछ।
उहाँ भन्नु हुन्छ ‘अबस्थामा कम्जोर छ थप उपचारको लागी कुसुमलाई काठमाडौ लैजान डाक्टरले सल्लाह दिई रहेको छ तर उपचार गराउन मन छ मन भएर मात्रै कहाँ भयो र ?’ बुबा बिपिन तमूका रसाई रहेका आँखाले पनि प्रष्ट तेहि भाव देखाई रहेको थियो ।
साथै छोरी कुसुम तमूको थप उपचारको लागी देश तथा बिदेश रहनुहुने सहयोगी संघसंस्था र दाजुभाइ तथा दिदिबहिनीहरु माझ सहयोगको अपिल समेत गर्नुभएको छ।
त्यस्तै देश तथा बिदेशमा रहनुहुने सहयोगी संघसंस्था र दाजुभाइ तथा दिदिबहिनीहरुले देवघाट शाखामा रहेको सिद्धार्थ बैक खाता नं. ००८१५१२८३४७ मा आफुले सकेको सहयोग गर्न पनि सक्नु हुने बताउदै परिवारका सदस्य एवं फुपु अन्जु तमूस्योको मोबाईल नम्बर ९८४०६३८५२० सम्पर्क गरि थप जानकारी समेत लिन सकिने बताउनुभयो।