गोरखाका बाथ लुपास बिरामी मन्दिप तमूलाई ‘रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुप’द्वारा आर्थिक सहयोग

गोरखाका बाथ लुपास बिरामी मन्दिप तमूलाई ‘रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुप’द्वारा आर्थिक सहयोग

छ्याजालो न्युज

११, आषाढ २०८०
गोरखाका बाथ लुपास बिरामी मन्दिप तमूलाई ‘रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुप’द्वारा आर्थिक सहयोग

गोरखा । बाथ लुपास भन्ने रोग बाट बिरामी परी विगत तीन बर्ष देखि सिएमसी मेडिकल कलेज चितवनमा र हाल ओम अस्पताल चाबहिल काठामाण्डौमा उपचार गराई रहेका गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं.३ मनकामना निमारे घर भएका भर्खर चौध बर्ष उमेरका मन्दिप तमू लाई रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपका अध्यक्ष भिजन तमूको संयोजकत्वमा गएका टोलीले चाबहिल स्थित ओम अस्पतालमा पुगि उपचारमा केही सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

आर्थिक सहयोग हस्तान्तरणमा रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपका अध्यक्ष भिजन तमू,उपाध्यक्ष अजय तमू,आजिवन सदस्य गायक पृथ्वी तमूको उपस्थिति रहेको थियो भने बिरामी लाई छिटो सन्चो हुनु भनी शिघ्र स्वास्थ्य लाभको कामना दिएका थिए।

रमाइलो साँझ हामी सबैको साथ ग्रुपले विगत केही बर्ष देखि दु:ख पिडामा परेका, बिरामी परि आर्थिक अवस्था कम्जोर भई उपचार गर्न नसकेका लाई आर्थिक सहयोग गर्दै आईरहेको छ। र आउने दिनहरूमा पनि यसरी नै दु:ख पीडामा परेकाहरु लाई अझ बढी सहयोग गर्दै जाने ग्रुपका अध्यक्ष भिजन तमूले बताएका छ्न भने देश बिदेशमा रहेका सम्पुर्ण सहयोगी मन र हातहरु लाई उपचारमा सहयोग लागी ग्रुपका उपाध्यक्ष अजय तमूले अपिल समेत गरेको छ।

ग्रुपले विगतका दिनहरुमा आर्थिक संकलनको लागि विभिन्न स्थानहरुमा चलचित्र प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ। पुर्वको धरान र सिन्धुपाल्चोकमा चलचित्र प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम गरेको थियो भने यही २०८० आषाढ १६ गते शनिबार काठमाण्डौको सामाखुशी पबित्रनगर रानिदेवी पार्टी प्यालेसमा तमू चलचित्र ङै माया क्योंलाई (मेरो माया तिमीलाई ) प्रदर्शन गर्न लागेको छ।

प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १४:४८:१९ बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको