बेलायत निवासी संगम तमू फेरी जित्यो मोएय थाइ खेल

बेलायत निवासी संगम तमू फेरी जित्यो मोएय थाइ खेल

छ्याजालो न्युज

२९, फाल्गुण २०८०
बेलायत निवासी संगम तमू फेरी जित्यो मोएय थाइ खेल

लण्डन । बेलायत निवासी संगम तमूले मोएय थाइ खेलमा विजय हासिल गरेका छन् । शनिबार ह्यारो लेजर सेन्टर लण्डनमा भएको खेलमा प्रतिद्वन्द्वी साम म्याक रायलाई हराउँदै उनले जित सहज गरेका हुन ।

यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ । यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु र रोक्नु पाँउछ, निकै खतरनाक मानिन्छ ।

हालसम्म ७ खेलमध्ये २ हार र ५ जितिसकेका छन संगमले । लण्डनको क्लब स्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लवमा आवद्ध छन ।

स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका शिवचन्द्र गुरुङ र मिरा गुरुङका जेठो छोरा हुन संगम । 

प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - ०७:११:१० बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको