गोरखा । परदेशी भूमीमा रहेरै गीत संगीतमा रमाउदै आएका गोरखा गण्डकी गाउँपालिका निवासी गोर्खाली सर्जक सुवास तमूले आफ्नै गाउँ ठाउँ चिनाउने गरी ‘शिरशिर बतास...’ सार्वजनिक गरेका छन् । गण्डकी गाउँपालिकाको ताङलीचोक, भुम्लिचोक लगायतको स्थानहरु चिनाउने गरी निर्माण गरिएको गीत एक महिना अघि मिठु राना नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
लोकगायक सुवास तमू आफैले गाएको गीतमा चर्चित लोकदोहोरी गायीका माया तमूले महिला स्वरमा साथ दिएकी छिन् । गीतको शब्द गायक तमू आफैले लेखेका हुन् भने संगीत झम सारु मगरले गरेका छन् ।
यस्तै गीतको म्युजिक भिडियोमा चर्चित लोकदोहोरी गायक श्याम राना, मुना तमू र सुस्मिता आलेले अभिनय गरेका छन् ।