मुस्ताङ कागबेनीमा क्वोने तमू समाज युकेद्वारा निर्माण गरिएको गुम्बाको उद्घाटन

मुस्ताङ कागबेनीमा क्वोने तमू समाज युकेद्वारा निर्माण गरिएको गुम्बाको उद्घाटन

छ्याजालो न्युज

३०, माघ २०८२
मुस्ताङ कागबेनीमा क्वोने तमू समाज युकेद्वारा निर्माण गरिएको गुम्बाको उद्घाटन

कागबेनी । क्वोंने (घोण्डे/ घोताने) गुरुङ (तमु) समाज युकेद्वारा कागबेनीमा निर्माण गरिएको क्वोने कानिङ गुम्बाको एक समारोहबीच उद्घाटन गरिएको छ ।

47b981a4-dbe8-4274-8f1f-5cf4b44299be.jpeg

वाराजुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ मा रहेको कागबेनीमा समाजले बनाएको गुम्बा उद्घाटन गरिएको हो ।

da100586-bcb9-4348-b4db-4d32a8bcde0a.jpeg

वडाले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष कुमार गुरुङ, चेलीबेटी विभाग प्रमुख लिना गुरुङ र वडाध्यक्ष कर्मा घ्यप्चे गुरुङले सामूहिक रुपमा उद्घाटन गरे । समाजले ६३ लाख रुपैयाँ लगानीमा सो गुम्बा बनाएको हो ।

bcde1345-7aaa-4acd-91d1-622593c9d398.jpeg

गुम्बा उद्घाटनपश्चात आयोजित समारोहमा समाजका उपाध्यक्ष रामबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने गुम्बा निर्माण संयोजक नेपाल प्रहरीका पूर्वएसपी राजेन्द्र गुरुङले गुम्बा निर्माण र उपयोगिताका बारेमा प्रकाश पारेका थिए ।

a3dd4f84-1798-4f76-ad3f-27f5674721ba.jpeg

गाउँपालिकाका उपाध्यक्ष डिकी गुरुङले गुम्बा निर्माणले कागबेनीमा धार्मिक महत्व थप बढाएको भन्दै समाजलाइ धन्यवाद दिइन् ।

कार्यक्रममा समाजका अध्यक्ष कुमार गुरुङले गुम्बा निर्माणका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । त्यस्तै, चेलीबेटी विभाग प्रमुख लिना गुरुङले गुम्बा बनाउने सपना पूरा भएकोमा खुशी लागेको बताइन् ।

342cb200-3a6b-4b2c-b473-dbb441fe3adf.jpeg

कार्यक्रममा प्रमुख संरक्षक क्या जीवनकुमार गुरुङ, संस्थापक अध्यक्ष नरजंग गुरुङ, प्रमुख सल्लाहकार हरि गोविन्द गुरुङ, सल्लाहकार तथा तमु समाज युकेका संस्थापक चित्रबहादुर गुरुङ, केन्द्रीय सचिव चन्द्रमान गुरुङ, सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङ, कास्की अध्यक्ष कृष्णबहादुर गुरुङ, कास्की चेली प्रमुख रुद्रकुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम समाजका महासचिव इन्द्र घोथानेले सञ्चालन गरेका थिए भने कार्यक्रमको अवसरमा गुम्बा निर्माण समितिका संयोजक एसपी राजेन्द्र गुरुङ, अध्यक्ष कुमार गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङलाइ कागबेनी समाज लगायतले भव्य सम्मान गरिएको थियो ।591d0464-77a0-4f83-be64-c267ce63d09c.jpeg

042fefe5-b129-4d04-9536-d6230eff3255.jpeg7f4c7ecc-0073-4670-9170-e9d94d049880.jpeg08a43f86-7f3d-4caf-b81f-fcd53c29a048.jpeg7ad579f8-9cc7-4358-a2db-e1190a693988.jpeg

प्रकाशित मिति :माघ ३०, २०८२ बिहिवार - १३:५२:३९ बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको