तमु प्ये ल्हु संघ जिल्ला समिति स्याङ्जाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा रत्न बहादुर ल्हों तमु

तमु प्ये ल्हु संघ जिल्ला समिति स्याङ्जाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा रत्न बहादुर ल्हों तमु

छ्याजालो न्युज

११, आश्विन २०८३
तमु प्ये ल्हु संघ जिल्ला समिति स्याङ्जाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा रत्न बहादुर ल्हों तमु

पोखरा :  तमु प्ये ल्हु संघ जिल्ला समिति स्याङजाको अध्यक्षमा रत्न बहादुर ल्हो तमु सर्वसम्मत चयन भएको छ । संघको शनिबार सम्पन्न छैटौं अधिवेशनले अध्यक्षमा रत्न बहादुरलाइ सर्वसम्मत चयन गरेको हो ।  

अधिवेशनबाट निर्वाचित संघको अन्य पदाधिकारीमा प्रथम उपाध्यक्षमा थमन ल्हेंगे तमु, द्दितीय उपाध्यक्षमा टीना तमु, सचिवमा गिर बहादुर तमु, कोषाध्यक्षमा दलजित तमु, सहसचिवमा डिलासिंह ल्हेंगे तमु र सहकोषाधक्षमा श्रीजंग तमु चयन भएका छन ।

यस्तै सदस्यहरुमा खिमा तमुस्यो, अमर बहादुर तमु, भिम कुमार तमु, सरिता तमुस्यो, सुन बहादुर तमु, दान बहादुर तमु, प्रेम बहादुर तमु, अनिता तमुस्यो, जिना तमुस्यो र सोम कुमार तमु रहेका छन । साथै सोनु कुमार योज तमुलाई नयाँ कार्यसमितिको सल्लाहकारमा चयन गरिएको छ ।

तमू प्ये ल्हु संघ स्याङ्जाको अध्यक्ष कमल प्रसाद प्हच्यु तमूको अध्यक्षतामा सम्पन्न संघको अधिवेशनको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि  तमु प्ये ल्हु संघ गण्डकी प्रदेश समितिका अध्यक्ष के.पि. सर्बुजा तमू रहनु भएको थियो ।
साथै तमु प्ये ल्हु संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक भोजराज क्रोम्छे तमुको विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - २२:११:२९ बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको