भोटेकोशी बाढीपीडितका लागि द गुरुङ (तमु) सोसाइटीद्वारा २० लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि द गुरुङ (तमु) सोसाइटीद्वारा २० लाख सहयोग

छ्याजालो न्युज

१२, आश्विन २०८३
भोटेकोशी बाढीपीडितका लागि द गुरुङ (तमु) सोसाइटीद्वारा २० लाख सहयोग

काठमाडौं, १२ असोज :  द गुरुङ (तमु) सोसाइटी इंक, युएसएले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २० लाख ११ हजार ३ सय १४ रुपैयाँ सहयोग गरेको छ।

सोसाइटीले सञ्चालन गरेको राहत अभियानमार्फत संकलित १३ हजार २ सय ७६ अमेरिकी डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष जम्मा गरेको हो।

सोसाइटीका अध्यक्ष ओम गुरुङसहितको टोलीले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयमा परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोग रकमको सांकेतिक चेक हस्तान्तरण गरेको थियो।

अध्यक्ष गुरुङले सहयोग अभियानमा साथ दिने सोसाइटीका सदस्य तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। सहयोगसम्बन्धी जानकारी सोसाइटीकी महासचिव मच्छे देवी गुरुङले दिनुभएको हो।

प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - ०९:५९:५८ बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको