औद्योगिकीकरणको लहर ल्याउन ४५ वटा औद्योगिक ग्राम घोषणा 

औद्योगिकीकरणको लहर ल्याउन ४५ वटा औद्योगिक ग्राम घोषणा 

औद्योगिकीकरणको लहर ल्याउन ४५ वटा औद्योगिक ग्राम घोषणा 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिकीकरणको लहर ल्याउनका लागि मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न ४५ वटा पालिकाहरुमा ४५ वटा औद्योगिक ग्राम घोषणा गरिएको बताएका छन् । मन्त्री भट्टले चालु आर्थिक वर्षमा पनि १३ वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिएका हुन् । 

आफु मन्त्रालयमा आए देखि अहिले सम्मको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन गरिएको बताए । सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको बताएका हुन् । 

त्यस्तै सरकारी स्तरबाट सञ्चालित उद्योगहरु पनि किन प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन भन्ने सम्बन्धमा आफूले अध्ययन सुरु गरिसकेको बताए । 

मन्त्री भट्टले नेपालमा लगानी आकर्षित गर्ने विषयमा पनि आफुले जोड दिएको दावी गरे । कोभिड–१९ का कारण लगानी प्रभावित भएको बताउँदै मन्त्री भट्टले आर्थिक वर्ष २०७६/०७७ मा ३८ अर्ब ८७ करोड बराबरको वैदेशिक लगानी आएको बताए । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले वैदेशिक लगानीमा कमि आई १ अर्ब ३९ करोड रुपैयाँमा सिमित भएको उनले बताए ।

त्यसबाहेक स्वदेशी श्रम, सीप, स्थानीय स्रोत र कच्चा पदार्थ र स्रोतको उपायोग गरी लघु घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । 

प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - २१:११:०१ बजे
images
ताजा अपडेट
धेरै पढिएको