images
images

द गुरुङ (तमु) सोसाइटी ईंक युएसएको अध्यक्षमा अलिशा देवी गुरुङ निर्वाचित

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी ईंक युएसएको अध्यक्षमा अलिशा देवी गुरुङ निर्वाचित भएका छन्। सोसाईटीको अक्टोबर ३ मा ज्याक्सन हाइट्समा भएको १३ औं अधिवेशनले अलिशा देवी गुरुङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिल गुरुङ, उपाध्यक्षमा भक्त गुरुङ, महासचिवमा राजकुमार गुरुङ, सचिवमा सागर गुरुङ, कोषाध्यक्षमा  ओम (विक्की) गुरुङ र सहकोषाध्यक्षमा ज्ञान गुरुङ चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुका करुणा (बबि) गुरुङ, पवित्रा गुरुङ, संगीता गुरुङ, पम्फा गुरुङ, देव गुरुङ, श्री गुरुङ, प्रधान गुरुङ, अजय गुरुङ, सन्त बहादुर गुरुङ, कमल गुरुङ चयन भएका छन् । अलिशा देवी अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिईन् । सोसाइटीले १३ औं अधिवेशन सम्पन्न गर्नको लागि ३ सदस्यीय निर्वाचन समिति बनाएको थियो । डा. रस कुमारी गुरुङ निर्वाचन प्रमुख र हर्कजंग गुरुङ र सिद्धार्थ गुरुङ निर्वाचन समितिका सदस्य रहेका थिए । निर्वाचन समितिका सदस्य हर्कजंग गुरुङले निर्वाचन प्रकृयाबारे जानकारी गराउँदै नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए । उनले संस्थाको पदमा रही सकेपछि संस्थाको निस्र्वार्थ रुपमा सेवा गर्न र जिम्मेवारी पूर्ण रुपमा भूमिका निभाउन सुझाएका थिए । निर्वाचन समितिका प्रमुख डा. रस कुमारी गुरुङले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । निर्वाचन समितिका सदस्य सिद्धार्थ गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गदैं सम्पूर्ण बुबा आमा, दिदीबहिनीहरु र छोराछोरीहरुलाई जोड्दै एकतावद्ध रुपमा अघि बढाउँदै अनुशासनमा रही काम गर्न सुझाव दिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष अलिशा गुरुङले समाजले विश्वास गरेर साथ दिइ अध्यक्ष पदको जिम्मेवारी सुम्पिएकोमा समाजको लागि का मगर्ने अवसर भएको बताए । आफ्नो लागि पद भन्दा ठुलो समाज भएको बताउँदै सबैको भावनाको सम्मान गर्दै समाजको हितको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नव निर्वाचित कार्यसमितिको सपथ ग्रहणसंगै निवर्तमान अध्यक्ष ओम गुरुङ र महासचिव मच्छेदेवी गुरुङले संस्थाको चाँवी, माइन्युट तथा बैकको डेबिट कार्ड नयाँ कार्यसमितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । त्यसअघि प्रमुख अतिथि क्याप्टेन लोक बहादुर गुरुङ, संस्थाका अध्यक्ष ओम बहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर १३ औं अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि क्याप्टेन लोक बहादुर गुरुङले अमेरिका जस्तो व्यस्त दैनिकी भएको देशमा पनि आफ्नो भाषा–संस्कृति र परम्पराको जगेर्ना गर्न संस्थाले खेलेको भूमिकाले आफुलाई गर्वको अनुभूति भएको बताए । सोसाइटीले गर्ने गतिविधिहरु गुरुङ समुदायका सबैका लागि भएकोले सम्पूर्ण सदस्यहरुले सहभागिता जनाउनुपर्ने उनको भनाई थियो । वर्तमान कार्यसमितिले तीन वर्षको अवधिमा गरेको कार्यक्रमहरु प्रशंसायोग्य भएको चर्चा गर्दै नयाँ आउने कार्यसमितिले अझ सक्रियतापूर्वक संस्थालाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।कार्यक्रममा संस्थापक अध्यक्ष तुलसी गुरुङले अमेरिकामा गुरुङ समुदायको जनसंख्या बढ्दै गइरहेकोले गुरुङ सोसाइटीको महत्व अझै


images

फिचर